मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । हिमालपारी मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना, भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले बताए । पछिल्लो समय दैनिक एक जनालाई लेख लाग्ने गरेको पनि प्रजिअ पन्तले बताए । 

आन्ना श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको बताइएको छ। उनको शव पोष्टमर्टम गर्न हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौँ ल्याइएको छ।

यस्तै, मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक सत्यनारायणलाई पनि असोज २१ गते श्वासप्रश्वासको समस्या देखिएको थियो। 

भारतको तिलङ्गाबाट आएका सत्यनारायणको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

भारतकै तमिलनाडुबाट मुक्तिनाथ आएकी रेवतीको पनि श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। 

श्वासप्रश्वासमा समस्या देखिएपछि रेवतीलाई लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। स्वास्थ्य केन्द्रमा उपचारका गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पर्यटक सिजन सुरु भएसँगै मुस्ताङमा पर्यटकको चाप बढेको छ। मोटरबाटोबाट छिट्टै उच्च हिमाली भेगमा पुग्ने पर्यटकलाई लेक लाग्ने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस