‘प्रचण्ड’ सरकार पूर्णरूपमा असफल : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्ड’ सरकार पूर्णरूपमा असफल : ओली


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम पुगेका छन् ।

काठमाडौँबाट विमानमा जनकपुरधाम पुगेका ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन् । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशङ्कर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन् ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कहिले ढल्छ त्यो नभनौँ । तर, यो सरकारको काम छैन ।’

नयाँ सरकार बनाउन नेपाली काँग्रेससँग छलफलमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताए ।

अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्ने छन् । त्यसपछि उनले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस