विश्वकप क्रिकेटमा भारत र अफगानिस्तान भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेटमा भारत र अफगानिस्तान भिड्दै


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेटमा आज आयोजक भारत र अफगानिस्तान भिड्दै छन् ।

दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुने छ। उपाधि दाबेदार भारत लगातार दोस्रो जितको खोजीमा हुने छ भने अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ।

आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा अफगानिस्तानविरुद्ध बङ्गलादेशले ६ विकेटको जित निकालेको थियो। ​

एकदिवसीय विश्व कपमा दुई देशले हालसम्म १ खेल मात्र खेलेका छन्। सन् २०१९ को विश्वकपमा भएको उक्त खेलमा भारत ११ रनको झिनो अन्तरले विजयी भएको थियो। समग्रमा दुई टोलीले हालसम्म तीन ओडिआई मात्रै खेलेका छन्। जसमध्ये भारतले दुई खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।

यसै मैदानमा भएको दक्षिण अफ्रिका र श्रीलङ्काबिचको अन्तिम खेलमा दुवै टोलीले करिब ८ सय रन बनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस