सोनापुर मिनरल्स एन्ड आयलको आइपीओ बाँडफाँट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सोनापुर मिनरल्स एन्ड आयलको आइपीओ बाँडफाँट


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीले गोला प्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर बाडेको हो ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस