एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु


२४ आश्विन २०८०, बुधबार


जनकपुरधाम । नेकपा(एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष राम अवतार यादवले जानकारी दिए ।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी ए । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस