एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो।निर्वाचन कमिटीले आज बिहान ७ बजेदेखि मतदान हुने बताएको छ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

कर्णाली अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, सहमति वा निर्वाचन भन्ने टुङ्गो नलाग्दा अधिवेशन लम्बिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस