सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष नेतासँग छलफल गर्नुपर्छ : मन्त्री गुरुङ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष नेतासँग छलफल गर्नुपर्छ : मन्त्री गुरुङ


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

मंगलवार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्ने सन्दर्भमा शीर्ष नेताहरूसँग छलफल गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् । 

समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले प्रतिवेदन पेश गरेको छ । 

उनले तत्कालीन राज्य पक्ष र विद्रोहीका बीचमा भएको बृहत् शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस