२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले एमालेलाई नरकतर्फ लतार्दैछन्, माओवादीबाट आश गर्न सकिँदैन : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीले माओवाद नत्यागेसम्म कुनै आश गर्ने ठाउँ नभएको बताएका छन् ।

दाङमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले माओवादी क्रान्तिको ठुलै कुरा गरेर आएको भए पनि आश गर्न नसकिने बताए ।

उनले भने, ‘माओवादीको विरासतका कारणले, खास गरी सिद्धान्तका कारणले हामीले समृद्ध र समाजवादी नेपाल बनाउनुपर्नेछ । उसले जनवादी क्रान्तिको माओवादी सिद्धान्त बोकेर हिँडेको छ । माओवादीले जहिलेसम्म माओवाद छोड्दैन, तबसम्म उसबाट आश गर्न सकिँदैन ।’

उनले एमालेमा ओली भएसम्म सत्ता र दक्षिणपन्थ नछाड्ने टिप्पणी गरे ।

महासचिव भुसालले भने, ‘संविधान बनिसकेपछि मुलुक अगाडि जाँदै थियो । जनतामा विश्वास बढ्दै थियो । हामीले संविधान बोक्नसक्ने पार्टी बनाएका थियौँ । लोकतान्त्रिक पार्टीभित्र एउटा धुन्धकारी जन्मियो, केपी ओली नामको । त्यो धुन्धकारीले संसद, संविधान हुँदै लोकतन्त्रमाथि हान्दै थियो । त्यसलाई रोक्न हामीले ठूलो हिम्मत गरेर ओलीलाई सत्ताबाट झारेर संविधानको रक्षा गर्‍यौँ । ओलीले एमालेको नेतृत्व गरेसम्म एमालेलाई नरकतर्फ लतार्दैछन्, दक्षिणपन्थतर्फ लतार्नेछन् । सत्तालिप्साको वरिपरि लैजानेछन् ।’

उनले काँग्रेसलाई समाजवाद आइसकेको बताए । ‘काँग्रेसलाई केही चाहिँदैन १८ वर्षकाले भोट दिने हो, बजारले राज गर्ने हो । विकास उद्योगपति, पुँजीपतिले गर्छ । उसको सिद्धान्त नै त्यही हो । तपाईँहरूले शेरबहादुर देउवा र काँग्रेसका नेताहरुले समाजवाद ल्याएर देखाउँछौँ भनेको सुन्नुभएको छ रु’, भुसालले भने ।

उनले समाजवाद ल्याउन सक्ने पार्टी भनेको एकीकृत समाजवादी मात्रै भएकाले त्यही सन्देश लिएर अहिले जनताकहाँ आएको सुनाए ।