सरकारले भन्यो-इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले भन्यो-इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छ


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको बताएका हुन् ।

उनले इजरायलबाट स्वदेश फर्किनका लागि हालसम्म २ सय जनाले आवेदन दिएको पनि बैठकमा जानकारी गराए।

मन्त्री साउदले इजरायलमा ४५ सय केयर गिभर र २६५ विद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको र ४ जनाको उपचार भइरहेको तथा एक जनाको अवस्था पहिचान नभएको जानकारी गराए।

यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेकाहरूलाई बङ्करमा राख्ने व्यवस्था गरिएको पनि बैठकमा जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस