राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस