रोकिए इजरायल जान लागेका २४ जना नेपाली कामदार  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोकिए इजरायल जान लागेका २४ जना नेपाली कामदार 


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । स्याहार केन्द्रमा सहायक कामदारको रूपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् ।

श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरू रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ ।

भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे तय भएकोमा रद्द भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

‘इजरायलको हालको सङ्कटपूर्ण अवस्थामा उडान तालिका बमोजिम उडान प्रतीक्षामा रहेका कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवम् इजरायलको शान्ति सु-व्यवस्था सामान्य भएपश्चात वैदेशिक रोजगार सम्बन्धी थप कारबाही अगाडि बढाउने निर्णय भएको छ,’ मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस