इजरायलमाथि हमासको आक्रमणको घटनामा सन्तुलित ढङ्गबाट प्रस्तुत हुन सुझाव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इजरायलमाथि हमासको आक्रमणको घटनामा सन्तुलित ढङ्गबाट प्रस्तुत हुन सुझाव


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारलाई इजरायलमाथि हमासको आक्रमणको विषयमा सन्तुलित ढङ्गबाट प्रस्तुत हुन सुझाव दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको सर्वदलीय बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालीहरूको उद्धारमा सरकार समन्वयकारी भूमिकामा प्रस्तुत हुन भनेको बताए । बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएका नेपालीको उद्धारमा सरकारले गरेको कामबारे जानकारी गराएको बताए ।

उनले भने, ‘यसमा सरकारले सन्तुलित हिसाबले प्रस्तुत हुनुपर्‍यो । असन्तुलित हिसाबले सरकार कहीँ पनि प्रस्तुत हुनु हुँदैन ।’ बङ्करमा बसेको व्यक्तिहरूलाई उद्धार गर्नको आवश्यक कदम चाल्न सरकारलाई भनेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस