काठमाडौँ । बङ्करभित्र रहेका नेपाली विद्यार्थीको उद्धार इजरायली सेनाले गर्न थालेको छ।
बङ्करबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरूलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।
उनले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन्।
उनले भनेका छन्, ‘हामीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको छ। यहाँ आंतककारीहरुको डर छैन। चारैतिर सेनाहरु रहेका छन्। त्यति धेरै तनाव लिनुपर्ने अवस्था छैन।’