महिला भएकैले विशेष सुविधा पाउनु पर्छ भन्ने होइन, क्षमता बढाउनु पर्छ : रेखा शर्मा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महिला भएकैले विशेष सुविधा पाउनु पर्छ भन्ने होइन, क्षमता बढाउनु पर्छ : रेखा शर्मा


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, सञ्चार क्षेत्रमा महिलाको सहभागीलाई बढाउन आवश्यक रहेको बताएकी छिन् ।

सोमबार काठमाडौँमा आयोजित नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५१ प्रतिशतको जनसङ्ख्या भएका महिलाहरूको विभिन्न निकायमा ३३ प्रतिशत उपस्थिति न्यायोचित नहुने बताइन् ।

उनले भनिन्, ‘अहिलेको समस्या भनेको महिलाको उपस्थिति अझै पनि बढाउन जरुरी छ । ३३ प्रतिशत सहभागिता भनेको छौँ । ५१ प्रतिशतको जनसङ्ख्या छ । ३३ प्रतिशतको सहभागिताले मात्र समाजको सहभागीको जवरजस्त उपस्थिति बन्न सक्दैन ।’

उनले उपस्थितिलाई मात्र नभएर उपस्थितिहरुको क्षमता प्रतिस्पर्धा गर्न लायकको छ कि छैन भन्ने कुरामासमेत ध्यान दिनु पर्ने बताइन् ।

मन्त्री शर्माले महिला भएकै कारण विशेष सुविधा पाउनै पर्छ भन्ने नभई प्रतिस्पर्धाको क्षमता नै हुनु पर्नेमा उनले जोड दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस