दसैँ विशेष सुरक्षा योजना : काठमाडौँमा सीसीटीभी र ड्रोनबाट गरिनेछ निगरानी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दसैँ विशेष सुरक्षा योजना : काठमाडौँमा सीसीटीभी र ड्रोनबाट गरिनेछ निगरानी


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकामा दसैँलक्षित विशेष सुरक्षा योजना बनाउने भएको छ । जिल्ला प्रहरी परिसरका अनुसार भिडभाड हुने ठाउँमा सीसीटीभी र ड्रोनबाट निगरानी बढाइनेछ ।

काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताएको छ । विभिन्न प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित आफूहरू तयार रहेको प्रहरीको भनाइ छ ।

सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । यात्रुहरूले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।

यस्तै चाडबाडको बेलामा यात्रुहरूलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोसाक लगाएका आधिकारिक ठाउँमा गएरमात्रै टिकट काट्न आग्रह यातायात व्यवसायीको आग्रह छ । दसैँतिहार मनाउन यस पटक करिब १६ लाखले काठमाडौँ छोड्ने अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस