आज विश्व हुलाक दिवस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज विश्व हुलाक दिवस


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रूपमा हुलाकलाई लिइन्छ ।

यो वर्ष Together For Trust (विश्वासका लागि एकसाथ) भन्ने नाराका साथ दिवस मनाइदैछ । हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको थियो ।

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।

सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरु भएको हो, आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्थे ।

धेरै परसम्म चिठी र खबर पूर्‍याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो ।

Tags :
प्रतिक्रिया दिनुहोस