२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।  

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरूप आफूलाई ढाल्नुपर्ने बताएका हुन् । 

प्रविधि एवं आर्थिक समस्यासँगै बढिहरेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिए। 

प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचालन हुने विशेष दस्ताका रूपमा विकास गर्न चाहेको जानकारी दिए । प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरुलाई उनले निर्देशन दिए। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरकारबाट प्राप्त निर्देशन अक्षरसः पालना गर्दै सङ्गठनलाई अघि बढाउन प्रतिबद्ध रहेको बताए। उनले तालिम प्राप्त जनशक्तिलाई सङ्गठनको उद्देश्य प्राप्तिमा उपयोगी हुने विश्वास व्यक्त गरे । 

४९ जना सशस्त्र प्रहरी निरीक्षक दीक्षित 

आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरीका ४९ जना निरीक्षक दीक्षित भएका छन् । विभिन्न तीन चरणमा भएको तालिममा पाँच जना महिलासहित ४९ जनाको सहभागिता थियो ।  तालिम ५६ सातासम्म सञ्चालन भएको थियो । आज तालिम पूरा गरेका सबैजना आजैदेखि कार्य क्षेत्रमा खटिएका छन् ।

तालिमका उत्कृष्ट स्थान हासिल गरेका प्रहरी निरीक्षकहरू ज्ञानचन्द्र पराजुली, पुष्करबहादुर बम, एजन खड्का र रोशन घिमिरेलाई सम्मान पनि गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस