पोख्रेललाई सुदूरपश्चिम अधिवेशनको जिम्मा दिएर काठमाडौँ फर्किए ओली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पोख्रेललाई सुदूरपश्चिम अधिवेशनको जिम्मा दिएर काठमाडौँ फर्किए ओली


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्किएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका ओली आजै काठमाडौँ फर्किएका हुन् ।

अधिवेशनबारे थप निर्णय लिने अधिकार महासचिव शङ्कर पोख्रेललाई जिम्मा लगाउँदै ओली फर्किएका हुन् । ‘सबैसँग सल्लाह गरेर थप निर्णय महासचिवले लिनुहुनेछ’, अध्यक्ष ओलीले प्रदेशका नेताहरूलाई भनेका थिए ।

उनले सर्वसम्मत नेतृत्व चयन गर्न उपलब्ध नेताहरूलाई सुझाव दिएका छन् । ओली फर्किएलगत्तै महासचिव पोख्रेलले पोलिटब्युरो सदस्यहरूसँग सुझाव लिइरहेका छन् ।

पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्जहरुसँगको सुझावपछि आजै जिल्ला अध्यक्षसँग पनि छलफल गर्ने तयारी छ । अहिलेसम्म सुदूरपश्चिममा अध्यक्षमा तीन जनाले दाबी गरेका छन् ।

अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना तथा कञ्चनपुरका बचनबहादुर सिंह अध्यक्षको दौडमा छन् । उनीहरुबीच अझै सहमति जुट्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस