विश्वकप क्रिकेट : अस्ट्रेलियाले भारतलाई दियो २०० रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप क्रिकेट : अस्ट्रेलियाले भारतलाई दियो २०० रनको लक्ष्य


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । आईसीसी एक दिवसीय मा अस्ट्रेलियाले भारतलाई २०० रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २/२ विकेट लिए ।

भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ । विश्वकपमा दुवै टोलीको यो पहिलो खेल हो ।

Tags :
प्रतिक्रिया दिनुहोस