प्रशासनले सामाजिक सञ्जालको प्रयोग निषेध गर्न सक्ने व्यवस्था गर्न माग  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रशासनले सामाजिक सञ्जालको प्रयोग निषेध गर्न सक्ने व्यवस्था गर्न माग 


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद जबराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले सो व्यवस्था केही दिनका लागि मात्रै हुने स्पष्ट पनि पारे। उनले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने र ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

‘हामीले संवेदनशील जिल्लाहरूमा टिकटक, रिललगायत अरु माध्यमहरूलाई जिल्ला प्रशासनले चाहेमा, उपयुक्त ठानेमा केही दिनको लागि, समस्या समाधान र रोक्नका लागि निषेध गर्ने पनि हामीले व्यवस्था र अधिकार मिलाउँदा राम्रो होला। नत्र अर्को देशको लडाइँ हाम्रो देशमा समस्या आउन सक्ने सम्भावनाहरू देखापरिरहेको छ। सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नुपर्‍यो। ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्‍यो,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस