इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

सम्बन्धित समाचार : प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा केही नेपाली पनि घाइते

Tags :
प्रतिक्रिया दिनुहोस