श्रीलङ्काविरुद्ध दक्षिण अफ्रिकाले दियो कीर्तिमानी लक्ष्य, एकै खेलमा तीन जनाको शतक  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रीलङ्काविरुद्ध दक्षिण अफ्रिकाले दियो कीर्तिमानी लक्ष्य, एकै खेलमा तीन जनाको शतक 


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्कासँगैको खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाएको छ । दिल्लीमा भइरहेको खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ४ सय २९ रनको दिएको  हो ।

टस हारेर पहिले ब्याटिङ पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २८ रन बनायो । उसका तीन जना खेलाडीले शतक प्रहार गरे । क्विन्टन डि कक, रसी भान डर डुसान र एडिएन मार्करमले शतक प्रहार गरेका हुन् ।

मार्करमले ४९ बलमै शतक प्रहार गरेर विश्वकपमा सबैभन्दा छिटो शतक हान्ने रेकर्ड बनाएका छन् । श्रीलङ्काका दिलसान मधुशंकाले दुई र कसुन रजिथा, मथीशा पाथिरना तथा  दुनिथ वेलालागेले एक एक विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस