सेती नदीमा डुबेर दुई बालक बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेती नदीमा डुबेर दुई बालक बेपत्ता


२० आश्विन २०८०, शनिबार


दिपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । 

जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले  बताए ।

उनका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रनाउ श्रीवास्तले बताए ।

खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस