विश्वकप क्रिकेटमा बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेटमा बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट


२० आश्विन २०८०, शनिबार


काठमाडौँ ।  भारतमा चलिरहेको विश्वकप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई १५६ रनमा अलआउट गरेको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो ।

मध्यक्रम र पुछारका ब्याटर बङ्गलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमायो ।

अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।

बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन/तीन विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस