विश्वकप क्रिकेट : नेदरल्यान्ड्समाथि पाकिस्तानको जित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप क्रिकेट : नेदरल्यान्ड्समाथि पाकिस्तानको जित


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ ।

पाकिस्तानसँगको खेल जित्न २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६७ र ओपनर विक्रमजित सिंहले ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पाकिस्तानको हरिस रउफले ३ विकेट लिए

यसअघि हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो ।

टिमको स्कोर ३८ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको पाकिस्तानलाई उकास्न चौथो विकेटका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरू दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र सादव खानले ३२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि भने बास डि लिडेले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चेका हुन् । कोलिन अक्रमानले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस