अहिले ‘प्रचण्ड’को विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अहिले ‘प्रचण्ड’को विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताएका छन् ।

समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरू पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले अरु कुनै सरकार बन्न सक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौँ । वामपन्थी शक्तिहरूलाई एकै ठाउँमा गोलबन्द गरेका छौँ । लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई अगाडि लिएर जान्छौँ ।’

नेता नेपालले प्रतिगमनकारीहरूले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाए ।

उनले भने, ‘अहिले पनि पुरानो व्यवस्था फर्काउने खतरनाक योजना बनाइरहेका छन् । त्यसलाई हामीले जोगाउनुपर्नेछ । धर्मको नाममा अनेक खालका कुरा आइरहेका छन् । त्यसबारे सबै होसियार हुनुपर्छ ।’

उनले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा औँला ठड्याउनेसमेत बताए।

पार्टी सदन र सडकको मोर्चामा क्रियाशील भएर अघि बढ्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस