डोटीमा बजार अनुगमनसँगै कर शिक्षा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डोटीमा बजार अनुगमनसँगै कर शिक्षा


१९ आश्विन २०८०, शुक्रबार


डोटी । करदाता सेवा कार्यालय डोटीले बजार अनुगमन गर्नुका साथै व्यापारीहरूलाई कर शिक्षा समेत दिइरहेको छ ।

व्यावसायीहरुलाई करको दायरामा ल्याई राजश्व छलि हुनबाट रोक्नका साथै करको विषयमा जानकारी गराउन बजार अनुगमनका साथै कर शिक्षा दिन थालिएको करदाता सेवा कार्यालय डोटीका प्रमुख अमर थापाले बताए । 

उपभोक्ताहरूले प्रयोग गर्ने दैनिक उपभोग्यका सामाग्रीहरू गुणस्तरीय, ताजा र सुपथ मूल्यमा बिक्रीबितरण होस् भन्ने उद्देश्यले नियमित रूपमा बजार अनुगमन गरिरहेको बताए । 

सेवा कार्यालयले आदर्श गाउँपालिका र सायल गाउँपालिकाका विभिन्न स्थानहरूमा बजारको अनुगमन गरेको थियो ।  बजार अनुगमनको क्रममा विभिन्न पसलहरूबाट स्टिकर नभएको २५० पोका भन्दा बढी इन्डियन आन्टी, १५० पोका भन्दा बढी सुपर पावर केही थान इन्डियन बिडी बरामद गरिएको समेत कार्यालयले जनाएको छ । 

आन्तरिक राजस्व विभागको परिपत्र अनुसार करदाता सेवा कार्यालय डोटीले दैनिक रूपमा बजार अनुगमन गरिरहेको हो । आगामी दिनमा समेत जिल्लाका सबै स्थानीय तहमा निरन्तर बजार अनुगमन हुने करदाता सेवा कार्यालय थापाले जानकारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस