ओलीको टिप्पणी-माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको टिप्पणी-माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन्


१८ आश्विन २०८०, बिहिबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग कुनै नीति नभएको बताए ।

उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरूसँग कुनै नीति छैन ।’

उनले काँग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।

उनले भने, ‘काँग्रेस र हामी सँगसँगैको पार्टी हौँ । तर, काँग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । माधव नेपालले भन्नु त ठिक हो । जेसुकै गल्ती गरेपनि काँग्रेसपछिको सरकार सोच्न सकिँदैन । हामी काँग्रेसकै पछि लाग्छौँ । माधव नेपाललाई त सुहाउँछ । तर, काँग्रेस चाहिँ ३२ सिटको पछाडि किन लागेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस