नेपाली क्रिकेट टोली स्वदेश फिर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । १९औँ एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा शतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि मालदिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट वञ्चित हुँदै नेपाल फर्किएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस