एकदिवसीय विश्वकप क्रिकेट आजदेखि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्।

१३ औँ संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

लिग चरणमा ४५ र सेमिफाइनलान २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ। ती खेलहरू हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नाई, लखनऊ, बैंग्लुरू, पुने, मुम्बई र कलकत्तामा खेलाइनेछ। क्रिकइन्फोका अनुसार सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने निश्चित भए उक्त खेल कोलकातामा मात्र खेल्नुपर्नेछ।

सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे समेत राखिएको छ। वर्षा र अन्य कारणले खेल रोकिएको अवस्थामा अर्को दिन खेलाइनेछ। आईसीसीले प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन अमेरिकी डलर राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस