नेपाली क्रिकेट टिम आज स्वदेश फर्किँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली क्रिकेट टिम आज स्वदेश फर्किँदै


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । चीनबाट नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदै छ ।

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली क्रिकेट टिम आज बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने भएको हो ।

एसियाडको पुरुष क्रिकेटमा नेपाली टिमले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित भएपछि एसियाडमा नेपाली टिमको यात्रा समाप्त भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस