म शिक्षामन्त्री छँदा शब्दकोषबाट ॐ शब्द हटाउने निर्णय भएको छैन : दीनानाथ शर्मा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

म शिक्षामन्त्री छँदा शब्दकोषबाट ॐ शब्द हटाउने निर्णय भएको छैन : दीनानाथ शर्मा


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन्।

आफू शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने प्रचारवाजीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले आफ्नो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन्।

मंगलबार विज्ञप्ति जारी गरी शर्माले शब्दकोश र किबोर्डबाट अहिलेसम्म कतै नहटेको भन्दै भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् ।

‘सङ्घीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृतिजस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु’, उनले भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस