भूकम्पले घाइते बनाएकाको उपचार र राहत तथा उद्धार गर्न एमालेको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भूकम्पले घाइते बनाएकाको उपचार र राहत तथा उद्धार गर्न एमालेको माग


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज बझाङको चैनपुर नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गराएको क्षतिमा आवश्यक राहत तथा उद्धारका लागि सरकारसँग माग गरेको छ ।

कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले विज्ञप्ति जारी गर्दै भूकम्पले बझाङमा र अछाममा केही मानिसहरू घाइते बनाएकोमा एमाले प्रदेश कमिटी स्तब्ध बनेको उल्लेख गरेका छन् ।

तिनै घाइतेहरूको स्वास्थ्य उपचार प्रकोपमा परेर भत्किएका घर र विद्यालयहरूमा आवश्यक राहत तथा उद्धार गर्न एमालेले सुदूरपश्चिम सरकार स्थानीय सरकारसँग माग गरेको हो ।

त्यस्तै, कमिटीले बझाङ जिल्लाका अध्यक्षसहित अन्य जिल्लाका नेता कार्यकर्ताहरूलाई पनि राहत तथा उद्धारमा जुट्न आग्रह गरेको छ ।

मंगलबार दिउँसो ३ बजे ६ मिनेटमा भूकम्प जाँदा पश्चिम नेपालमा १३ जना घाइते एवम् दर्जनौँ घर भत्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस