अर्थमन्त्री र एमसीसीकी सिइओ एलिसबीच भेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्थमन्त्री र एमसीसीकी सिइओ एलिसबीच भेट


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरवारमा आज भएको भेटमा अर्थमन्त्री डा. महतले एमसिसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरुप कार्यान्वयन हुनसकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताए । उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गरेका छन् । कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिए ।

सो अवसरमा  प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसिसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा  यसलाई सफल बनाउन एमसिसी कटिबद्ध रहेको विचार व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस