त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान 


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । कोभिड-१९ महामारीपछि सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान भएको छ ।

विमानस्थलका अनुसार सोमबार १ सय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट (उडान-अवतरण)को तालिका रहेको थियो । साथै अन्तर्राष्ट्रियमा दैनिक यात्रु चाप १४ हजार ५ सय पुगेको छ ।

पछिल्ला दिनमा चार्डर्ट उडानको संख्यामा समेत उल्लेख्य वृद्धि भएको विमानस्थलले जनाएको छ ।

कोभिड-१९ भन्दा अगाडि सबैभन्दा व्यस्त भएको दिन ११० वटासम्म अन्तर्राष्ट्रिय फ्लाइट मुभमेन्ट भएको रेकर्ड रहेको छ ।

चाडबाडको समयमा आफ्नो मुलुक फर्कने नेपालीसँगै पर्यटकको आवागमनसमेत बढ्दा अहिले उडानमा चाप रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस