भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

क्वार्टरफाइनलको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको छ ।

भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरे । उनले ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका हुन् ।

कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एकरएक विकेट हात पारे ।

भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको छ । नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ युवा टिम एसियन गेम्स खेल्न चीन आएको हो ।

सेमिफाइनल प्रवेशकालागि दुवै टिमबीच प्रतिस्पर्धा भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस