आज नेपाल र भारत भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज नेपाल र भारत भिड्दै


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । १९औँ एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दैछन् ।

नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुनेछ ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नेछन् ।

नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एक दिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस