रास्वपा भिजन नभएको पार्टी हो : पृथ्वीसुब्बा गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपा भिजन नभएको पार्टी हो : पृथ्वीसुब्बा गुरुङ


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने ‘अहिले राजतन्त्र जिन्दाबाद भन्दै लगाएको नारा कहिलेकाहीँ सुनिने गरेको छ। गणतन्त्रमा सुधार गर्नुपर्ने कुराहरू धेरै होलान्, कसैलाई गणतन्त्र मन नपर्न पनि सक्छ तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’

उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए। ‘राजनीतिमा अहिले एउटा कुनचाहिँ चटकेवाल चलिराखेका छन्’, उनले भने, ‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन, कुनै भिजन छैन, नत कुनै नीति नै छ।’

नीति बिना देशको विकास नहुने दाबी गर्दै उनले त्यो केवल चटक मात्र हुने टिप्पणी गरे। रविले लोकप्रियतावादमा टेकेर युवाहरूमा भ्रम छरिरहेको उनको आरोप थियो। तर लोकप्रियतावादले देशको विकास नहुने उनले बताए। उनले रवि र रास्वपाको दिग्भ्रमितबाट बच्न आग्रहसमेत गरे।

Tags :
प्रतिक्रिया दिनुहोस