एनएसएल खेल्न नेपाल आउँदै अष्ट्रेलिया पलायन भएका विमल घर्तिमगर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनएसएल खेल्न नेपाल आउँदै अष्ट्रेलिया पलायन भएका विमल घर्तिमगर


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर विमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रूपमा सहभागी हुने जानकारी गराएका हुन् ।

‍विमल राष्ट्रिय फुटबल टिमबाट बिदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लबले उनलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।

अष्ट्रेलियाबाटै विमलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस