एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको अग्रता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको अग्रता


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् ।

९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् । त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।

यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६ मत प्राप्त गरेका छन् भने लालबहादुर महतारा ३३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार दानसिंह परिवार ११ मत पाएका छन् ।
यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५, रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।

उपसचिव पदमा रवीन्द्रराज शर्माले ३८, रमेश बहादुर शाहीले ३१, पद्मा खड्का २३ र मेनका पछाईले १८ मत प्राप्त गरेका छन् ।

एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस