एमाले कार्यकर्ताद्वारा सिटी हलमा तोडफोड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कार्यकर्ताद्वारा सिटी हलमा तोडफोड


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन भइरहेको सुर्खेतको सिटी हल तोडफोड भएको छ ।

वीरेन्द्रनगरमा जारी एमाले कर्णालीको अधिवेशनमा मतगणना सुरु भएसँगै कार्यकर्ताहरूले सिटी हल तोडफोड गरेका हुन् ।

तोडफोडका क्रममा सिटी हलको सिसाहरू फुटेका छन् । मतगणना स्थलबाट अनेरास्ववियुका नेता सत्य शाही पक्राउ परेका छन् ।

मतगणना स्थलमा प्रहरीसँग विवाद हुँदा उनी पक्राउ परेका हुन्। अहिले मतगणना भइरहेको ठाउँमा प्रहरी परिचालन गरिएको छ । सत्य शाहीले आफूपनि मतगणना स्थलमा बस्न पाउनुपर्ने भन्दै अडान लिएपछि केन्द्रीय सदस्यले शाहीलाई प्रहरीको जिम्मा लगाएको थियो ।

उनी पक्राउ परेपछि अनेरास्ववियुका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस