तिलगंगामा एक युवामाथि छुरा प्रहार गरी कटुवा पेस्तोल छाडेर फरार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तिलगंगामा एक युवामाथि छुरा प्रहार गरी कटुवा पेस्तोल छाडेर फरार


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ। काठमाडौँको तिलगंगा नजिकै एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सञ्चालन गर्दै आएका साजन हुसेनको भाइ सावीर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस