अनमोललक्षित नायक प्रदिप खड्काको टिप्पणी ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न पाईदैँन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनमोललक्षित नायक प्रदिप खड्काको टिप्पणी ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न पाईदैँन’


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नायक प्रदिप खड्काले, ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् ।

नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछिको विवादलाई लक्षित गर्दै नायक खड्काले, नाम नलिइकल उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका हुन छन् ।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरात मात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म बिस्तारै दाइजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’खड्काले लेखेका छन् ।
उनले कानुनी रूपमा अनमोलले क्षतिपूर्ति तिर्नु पर्ने आसय समेत प्रकट गरेका छन् ।

‘खैर, चाहे! दिन होस् वा !दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जेसुकै भएको भए पनि दुलहीले माग्ने आधा अंश हो । कानुनले दिलाउने पनि त्यही नै हो ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
यो स्ट्याटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन् ।

नेपाली चलचित्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको यो स्ट्याटसमा अधिकासंले ‘बौद्धिकता’ भन्दा अनमोलप्रति कुन्ठा झल्किएको टिप्पणी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस