सप्तरीबाट १ सय वटा वाकीटकी बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सप्तरीबाट १ सय वटा वाकीटकी बरामद


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट प्रहरीले आज आइतबार एक सय वटा वाटीटकी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको एक सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट बरामद गरेको हो ।

कार्टुनमा वाकीटकी बोकेर आउँदा गरेका व्यक्ति प्रहरीलाई देख्नासाथ सामान छोडेर फरार भएका थिए । वाकीटकी कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीले जनाएको छ । बरामद भएको वाकीटकीको मूल्य झन्डै आठ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस