२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔँ, समाजवादी मोर्चाले सरकार चलाओस् : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउने प्रस्ताव अघि सारेका छन् ।

दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिने र बाँकी दुई–अढाई वर्ष काँग्रेसले एक्लै सरकार चलाउने उनको प्रस्ताव छ ।

सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी र काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसअनुसार अहिले ‘प्रचण्ड’ सरकारमा सबै दल सहभागी छन्, त्यसपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्नेछ ।

यसरी सरकार चलाउँदा सरकारको गुण र दोषको कसैले पनि जिम्मा नलिने अवस्था आएको भन्दै काँग्रेस महामन्त्री थापाले गठबन्धन गर्ने, तर एक्ला एक्लै सरकार चलाउने प्रस्ताव अघि सारेका हुन् ।

काँग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा महामन्त्री थापाले समाजवादी मोर्चालाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरे । गठबन्धनको राजनीतिबारे नयाँ ढङ्गले छलफल गर्नुपर्ने भन्दै उनले भने, ‘काँग्रेसको सबै मन्त्री फिर्ता बोलाऊँ । दुई अढाई वर्ष मोर्चालाई चलाउन दिऊ ।’

यो अवधिमा ‘प्रचण्ड’ मात्र प्रधानमन्त्री हुने कि माधव नेपाललाई पनि बनाउने समाजवादी मोर्चाले नै निर्णय गर्ने भन्दै उनले भने, ‘हामी फ्लोरबाट समर्थन गर्ने, तलमाथि नगर्ने । जहाँ असहमति जनाउनुपर्ने हो, जनाउने, जहाँ सहमति जनाउनुपर्ने हो, सहमति जनाउने । उहाँहरूले (सरकार) चलाउनु हुन्छ ।’

महामन्त्री थापाले ‘त्यसपछिको दुई–अढाई वर्ष काँग्रेसले चलाउन पाउनुपर्छ । काँग्रेसले एक्लै चलाउँछ, जस भए पनि काँग्रेसले लिन्छ, अपजस भए पनि काँग्रेसले लिन्छ ।’

यसरी सरकार नचलाउने हो भने ०८४ को चुनावमा पुग्दा पछिल्लो ४–५ वर्षमा भएका काम कारबाहीको कुनै पनि दलले जिम्मेवारी नलिने अवस्था आउने उनले बताए ।

‘यो दुई वर्ष हामीले केही भएन भन्ने भयौँ, त्यसपछिको दुई वर्ष उनीहरूले केही भएन भन्ने भए’, काँग्रेस महामन्त्री थापाले भने, ‘त्यसो भए यो चार/पाँच वर्षको देशको जिम्मा चाहिँ कसले लिन्छ त ?’

प्रतिक्रिया दिनुहोस