एमालेको कोशी अधिवेशनमा ५ बजेदेखि मतदान हुने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेको कोशी अधिवेशनमा ५ बजेदेखि मतदान हुने


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा साँझ ५ बजेदेखि मतदान हुने भएको छ ।

यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको आचार्यले बताए ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस