बाढीले जिप बगाउँदा तिन यात्रु बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाढीले जिप बगाउँदा तिन यात्रु बेपत्ता


१३ आश्विन २०८०, शनिबार


पर्वत । पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जिप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

 बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जिपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ । 

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस