५ किलो चरेशसहित दुई जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

५ किलो चरेशसहित दुई जना पक्राउ


१३ आश्विन २०८०, शनिबार


काठमाडौँ । काठमाडौँमा पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

शनिबार दिउँसो २ बजे काठमाडौँ महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुङ्गेलले जानकारी दिए। उनका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन्। उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो। 

उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको ढुङ्गेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस