एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरु भएको छ।

मतदान केही बेरअघि सुरु भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको जानकारी दिए।

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको र साँझसम्म नतिजा आइसक्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस