एमाले कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र सुरु


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ। बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए।

बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि साँझ मात्र बन्दसत्र सुरु भएको हो। अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयासमा जुट्दा ढिला गरी बन्दसत्र सुरु भएको एमाले सुर्खेतले जनाएको छ।

सहमतिको प्रयासका लागि एमाले महासचिव शङ्कर पोखरेललगायत नेता बिहानैदेखि जुटे पनि सहमति हुन सकेन। त्यसपछि महासचिव पोखरेल फिर्ता भएका छन्।

सहमतिको प्रयास अझै भइरहे पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएको एमालेले जनाएको छ। प्रदेश अध्यक्षका लागि गुलाबजंग शाह र मीनबहादुर शाहीको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस